Social Exercise Unit 2 Chapter 1 class 10

   Social Exercise Unit 2 Chapter 1 class 10

पाठ १ : मानव विकास सूचकाङ्क

 

 

१. मानव विकास सूचकाङ्क भनेको के हो ?

 

उत्तर : कुनै पनि देशको आर्थिक, सामाजिक, शैक्षिक विकासलगायतका प्रगतिको स्तर वा अवस्था देखाउने सूचक नै मानव विकास सूचकाङ्क हो । मानव विकासका तीन महत्त्वपूर्ण आधार प्रतिव्यक्ति आय, शैक्षिक स्तर र औसत आयुलाई आधार मानी कुनै पनि भौगोलिक एकाइ, जाति, समुदायको मानव विकास अवस्थाको सङ्ख्यात्मक प्रस्तुति नै मानव विकास सूचकाङ्क हो । यसलाई ० देखि १ सम्म राखी मापन गरिन्छ ।

 

 

२. मानव विकास सूचकाङ्क प्रतिवेदन, २०२२ मा धेरै सार्क मुलुकको मानव विकास अवस्था कमजोर हुनुका कारण उल्लेख गर्नुहोस् ।

 

उत्तर : मानव विकास सूचकाङ्क प्रतिवेदन, २०२२ मा धेरै सार्क मुलुकको मानव विकास अवस्था कमजोर हुनुका कारण निम्न छन् :-

 

(क) सन् २०१९ देखि देखा परेका कोरोना महामारी

(ख) शिक्षा, स्वास्थ्य, सिप विकास, रोजगारीको अवसर आदिलाई प्राथमिकतामा राखी कार्यान्वयन नगरिनु

(ग) राजनीतिक स्थिरता, सुशासन, प्राविधिक तथा व्यावसायिक शिक्षा, औद्योगिकीकरण जस्ता कुराका उचित ध्यान नदिनु

(घ) आधारभूत स्वास्थ्य सेवा उपलब्धता नहुनु र भएको पनि गुणस्तरीय नहुनु ।

 

 

३. मानव विकास सूचकाङ्कको आवश्यकता औँल्याउनुहोस् ।

 

उत्तर : मानव विकास सूचकाङ्कको आवश्यकतालाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ

 

(क) मानव विकासको अवस्था पहिचान गर्न

(ख) मानव विकासका सुधार गर्नुपर्ने क्षेत्र निर्धारण गर्न

(ग) मानव विकास अवस्थामा सुधार गर्न

(घ) मानव विकास अवस्थामा सुधार गर्न देशले चाल्नुपर्ने रणनीति र कार्यक्रम तयारीका आधार प्रस्तुत गर्न ।

 

 

४. नेपालको मानव विकास सूचकाङ्कमा सुधार गर्न कुन कुन पक्षमा ध्यान दिनुपर्ला ?

 

उत्तर : नेपालको मानव विकास सूचकाङ्कमा सुधार गर्न निम्न पक्षमा ध्यान दिनुपर्ला :-

 

(क) वैज्ञानिक, व्यावहारिक, प्राविधिक तथा सिपमुलक शिक्षामा जोड दिई गुणस्तरीय शिक्षाको प्रत्याभूति दिनुपर्छ । 

(ख) सुशासन र स्थिर सरकार सञ्चालनको अवस्था सिर्जना गर्नुपर्छ ।

(ग) पोषण, सरसफाइ र सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा तथा सुविधाको विकास गरी औसत आयु अभिवृद्धि गर्नुपर्छ ।

(घ) औद्योगिकीकरण तथा कृषिमा व्यावसायिकरण र आधुनिकीकरण गरी रोजगार, स्वरोजगार अनि आयआर्जनका कार्यक्रमलाई जनतासँग आवद्ध गर्नुपर्छ ।

(ङ) जनचेतनामूलक कार्यक्रम सञ्चालन, मानवअधिकारको प्रत्याभूति, स्वतन्त्र न्याय प्रणाली र जनसहभागिताको स्तर अभिवृद्धि गर्नुपर्छ ।

समाप्त!!

 -FOR ALL CONTENT CLICK HERE

-A1 Subject


 

0 Comments